दफा
बोक्सीका आरोप सम्बन्धी कसूरका सूचना
(१) कुनै ठाँउमा बोक्सीको आरोप सम्बन्धी कसूर भएको, भइरहेको  वा हुन लागेको थाहा पाउने जुनसुकै व्यक्तिले सो सम्बन्धी विवरण खुलाई यथासक्य छिटो सो कुराको लिखित  जाहेरी दरखास्त वा मौखिक सूचना नजिकको प्रहरी कार्यालयमा दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम कसैले लिखित जाहेरी दरखास्त दिन ल्याएमा तुरुन्तै र मौखिक रुपमा सूचना दिएकोमा प्रहरी कार्यालयले निजको कुरा दरखास्तको रुपमा लेखी निजको सहीछाप गराई दर्ता गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम दरखास्त वा सूचना प्राप्त हुन आएमा प्रहरी कार्यालयले चौबीस घण्टाभित्र पीडकलाई झिकाई वा पक्राउ गरी प्रचलित कानून बमोजिम अनुसन्धान तथा तहकिकात गर्नु पर्नेछ ।